प्रदेश २ सरकारले मनायो बलिदानी दिवस

समाचार

1/19/2020

वीरगन्ज, ६ माघ । प्रदेश नं. २ को सरकारले बलिदानी दिवसको असवरमा मधेश आन्दोलनमा शहीद भएका परिवारहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

वीरगंजको नगरसभा गृह (टाउनहल) मा आइतबार आयोजित मधेश आन्दोलनका क्रममा शहीद भएका घरपरिवारहरुलाई प्रदेश सरकारले सम्मान गरेको हो । शहीद सम्मान कार्यक्रममा प्रदेश सरकारले मधेशी शहीदहरुका परिवारलाई २५ हजार रुपैयाँ दिएको थियो ।

मधेश आन्दोलनका पहिलो सहिद भनी चिनिएका रमेश महतोका दाजु बालकृष्ण सिंहले आन्दोलनका बेला नेताले मधेशमा मधेशी दलको सरकार बने शहीदका परिवारलाई ५० लाख दिन्छौँ भनेर उक्साएका थिए, तर अहिले प्रदेश सरकारले ५० लाखको ठाँउमा २५ हजार मात्रै दिएर टारेको गुनासो पोखे ।

प्रदेश सरकारले सहिदका परिवारका एक जनालाई रोजगारी दिने घोषणा पनि गरेका थिए । तर यस्तो सुविधा पनि सरकारबाट नपाएको सहिद परिवारले गुनासो गरेका छन् ।

सो कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पनि सहिदका परिवारलाई ५० लाखको घोषणा गरेर २५ हजार रुपैयाँ मात्रै दिएर टारिएको भन्दै प्रदेश सरकारको आलोचना गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ