प्रधानमन्त्री ओलीद्वारा गुठी विधेयकका बिषयमा छलफल

समाचार

6/18/2019

काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधेयकका विषयमा सोमबार जनप्रतिनिधिहरुसँग छलफल गरेका छन् ।

काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभाका सांसद, मेयर, उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधेयकका विषयमा विभिन्न सांसदहरुले आफ्नो आफ्नो राय व्यक्त गरेका थिए ।

राष्ट्रिय सभाका सत्ता पक्षका नेता दिनानाथ शर्मा, साँसदहरु पम्फा भूसाल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, जीवनराम श्रेष्ठ, अन्जना विशंखे लगायतले मन्तव्य राखेका थिए । यसैगरी काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतले विधेयकका विषयमा आफ्नो धारणा राखेका थिए ।

जनप्रतिनिधिहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले विधेयकका विषयमा आफूले परामर्श गरिरहेको र सरकारले यस सम्बन्धमा चाँडै यथोचित निर्णय गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ