काठमाडौं, ८ पुस । नेपालका लागि भारतीय राजदूत मञ्जीभ सिंह पुरीले प्रधानमन्त्री केपी ओलीसँग बिदाइ भेट गरेका छन् ।
आफ्नो ३ वर्षे कार्यकाल सकिएपछि भारत फर्कने तयारीमा रहेका पुरीले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका हुन् । आफ्नी श्रीमतीसँगै प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका पुरीलाई ओलीले करुवा उपहार दिएका थिए ।
यस अघि सोमबार राजदूत पुरीले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेर कांग्रेसका शीर्ष नेताहरुसँग भेटघाट गरेका थिए ।
त्यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र राजपा नेताहरुसँग पनि राजदूत पुरीले बिदाइ भेटघाट गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया