काठमाडौं, १७ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो । भेटमा नेपाल र भारतका समग्र विषयमा छलफल भएको बताइएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले नवनिर्वाचित प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको भारतस्थित नेपाली दूतावासका अधिकारीले जानकारी दिए ।
भेटमा मोदीले नेपाल र भारतको सम्बन्ध जनस्तरमा राम्रो हुँदै गएकोप्रति खुशी व्यक्त गर्दै यही गतिमा सम्बन्धलाई अगाडि बढाउने आफ्नो चाहना रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच हुने संयुक्त आयोग बैठकमा समग्र दुई पक्षीय सम्बन्धको समीक्षा हुने प्रष्ट पारेका छन् । भेटमा भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीले रुद्राक्षको माला उपहार दिएका छन् ।
तपाईको प्रतिक्रिया