प्रधानमन्त्री राहत कोषमा २५ लाख हस्तान्तरण

समाचार

7/24/2019

काठमाडौं, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत दुईवटा संस्थाले २५ लाख रुपैंया हस्तान्तरण गरेका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले १० लाख र व्यापारिक समुह केडिया ग्रुपले १५ लाख रुपैंया हस्तान्तरण गरेका हुन् ।
राहत रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको चपेटामा परेका जनतालाई सहयोग गर्नका लागि रकम हस्तान्तरण गरेकोमा ट्रेड युनियन र केडिया ग्रुपलाई धन्यवाद ज्ञापन गरेका छन् । प्राकृतिक विपत्तीमा परेका जनताका लागि दिएको रकमले उद्धार र राहातमा ठुलो सहयोग पुग्ने ओलीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ