प्रधानसेनापति र भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबीच भेटवार्ता

समाचार

11/19/2019

काठमाडौं, ३ मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापासँग मित्रराष्ट्र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल शान्तनु दयालले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्तामा उनीहरुबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ