रौतहट, १५ कार्तिक । रौतहट जिल्लाको बौधिमाई नगरपालिकाका मेयर राजीव रंजन यादव राजूले नेकपाका रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहलाई मुलुककै सबैभन्दा ठूलो भ्रष्टाचारीको संज्ञा दिएका छन् ।
मौलापुर नगरपालिका वडा नम्बर ६ पथरा बुधराममा समाजवादी पार्टी वडा कमिटीले बिहीबार आयोजना गरेको दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा सम्वोधन गर्दै मेयर यादवले यस्तो गम्भीर आरोप लगाएका हुन् ।
एउटै योजनाको तीन पटकसम्म भुक्तानी लिने सांसद साह १ नम्बरको भ्रष्टाचारी, जनता ठग्ने नेता रहेको भन्दै मेयर यादवले चर्को आलोचना गरेका छन् । सांसद साहको नगरपालिकामा आयोजित कार्यक्रममा यस्तो आलोचना गरेका हुन् ।
प्रदेश सरकार भ्रस्टाचारमा चुर्लुम्म भएको टिप्पणी गर्दै हिड्ने नेकपाका नेतालाई आफ्नै पार्टीको ठूलो नेता बलात्कारी रहेको देखाई दिँदैन भन्दै मेयर यादवले स्थानीय तहमा आफ्नो श्रीमतीलाई मेयर बनाएर घरमा नगरपालिका सञ्चालन गर्दै आएको आरोप लगाए ।
पूर्वसभामुख कृष्णबहादुर महरा र मुख्यमन्त्री शेरधन राई बलात्कारको आरोपित भएको उदहारण दिँदै मेयर यादवले भने सर्वहारा जनताको पार्टी भएको भन्ने पार्टी बलात्कारी र भ्रष्टचारी रहेको छ ।
बौधिमाई नगरपालिकालाइ विकास नभएको नगरपालिका भन्ने सांसद साहलाइ आफ्नो नगरपालिकामा के कति विकास गरेको भनी प्रश्न समेत गरे ।
तपाईको प्रतिक्रिया