काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्ने बताएका छन् । परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
“देशको परराष्ट्र नीति, व्यक्ति पिच्छे,पार्टी पिच्छे फरक हुनु हँुदैन” प्रधानमन्त्री ओलीले भने “नेपालले एउटै विदेश नीति बनाएर अघि बढ्नु पर्दछ ।” प्रधानमन्त्री ओलीले नेपालले अब राजनीतिक कुटनीतिमा मात्र हैन आर्थिक कुटनीतिमा पनि ध्यान दिनु पर्ने बताएका छन् ।
“हाम्रो मुख्य उद्धेश्य देशलाई समृद्धिको बाटोेमा तिव्र गतिमा अघि बढाउने हो” प्रधानमन्त्री ओलीले भने “हाम्रो क्षमता सीप र प्रविधिलाई विकास तर्फ केन्द्रित गर्नुपर्दछ ।”
प्रधानमन्त्री ओलीले राष्ट्र निर्माण,नेपाल एकिकरण र सार्वभौमसत्ताको रक्षाको लागि विगतमा योगदान गर्ने सबैलाई आफूले स्मरण गर्न चाहेको बताए । प्रधानमन्त्री ओलीले विगतमा भन्दा नेपालको छिमेक सम्बन्ध सङ्लिएको उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया