काठमाडौं, ११ मंसिर । पारवहन सन्धिमा जलमार्गलाई समावेश गर्न दुई मुलुक सहमत भएका छन् ।
नेपालले जल यातायातका माध्यमबाट समेत पारवहन सुविधा प्राप्त गर्ने गरी सन्धि पुनरावलोकन बताइएको छ ।
सन्धि पुनरावलोकन गरेर जलमार्गलाई समेट्न सहमति भइसकेको छ । भारतको आन्तरिक जलमार्ग (इनल्यान्ड वाटरवेज) प्रयोग गर्ने, नेपालले आफ्नो झन्डा भएको पानीजहाज चलाउनेलगायत विषय लगभग टुंगोमा पुगिसकेको छ ।
अन्तरदेशीय जलमार्गका लागी तीनवटा मार्गमा छलफल भएको छ । कोलकात्ताबाट कालुघाट, कोलकाताबाट साहेबगन्ज र कोलकाताबाट बनारसी मार्गमा जलमार्ग सञ्चालन गर्नेबारे छलफल भइरहेको बताए ।
तपाईको प्रतिक्रिया