साझा पर्व बन्दै छठ

समाचार

11/3/2019

मणि प्रसाद गैेह्रे, कपिलवस्तु, १७ कार्तिक । पुर्वी जिल्लामा मनाईने छठ अहिले जनजाति, दलित, मुस्लिम, मधेशी समुदायले समेत धुमधामले मनाउन थालेका छन् अहिले छठ पर्व जिल्लामा एकता र सद्भावको पर्व बनेको छ । मैथिली पहाडी र अवधी समुदायलाई पर्वले जोडेको छ । केही बर्ष अघि सम्म पुर्वी तराईका केही जिल्लाहरुमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको छ ।

बिशेष गरी पुर्वका मधेशी समुदायले मात्र मनाउने छठ पडाडी, नेवार, मधेशी, दलित मुस्लिम, जनजाति लगायतमा समेत लोकप्रिय बन्दै गएको पाईएको छ । अराध्य देव सुर्यको आराधना र उपासना गरी मनाईने छठ पर्व बिहीवारबाट सुरु भई आईतवार सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिका– १ की नेवार समुदायकी महाश्येता शाक्यले पाँच बर्ष अघिदेखि छव पर्व मनाउँदै आएको बताईन । माईती घरमा छठ पर्वको बारेमा सुनेपनि पर्व मनाउने तर्फ कुनै चासो नदिएकी उनले मधेशी, पहाडीहरुसँगै एकैसाथ छठको पर्व मनाउदा निकै रमाईलो लाग्ने गरेको बताईन । बिभिन्न जात जातीहरुले एकैसाथ पर्व मनाउदा संस्कृति आदानप्रदान समेत हुने उनी बताउँछिन ।

कपिलवस्तु नगरपालिका– २ की कुन्ती पासीले जमुहार नदीमा सबैसँग सामुहिक पुजा गरिन् । यो पर्व तराईमा बस्ने नेपालीहरुले विगत लामो समयदेखि उत्साह र उमंगका साथ मनाउँदै आएको पाइन्छ भने पहाड र उपत्यकामा पनि विस्तारै उत्साहका साथ छठ पर्व मनाउने गरेको पाइन्छ । छठ पर्वमा नदी वा पोखरी किनारमा भक्तजनहरु जम्मा भई अस्ताउँदो सूर्यलाई पूजा गरी मनाउँदछन् भने पछिल्लो दिन उदाउँदो सुर्यलाई पुजा गरेर मनाउने गरिन्छ । परिवारको ज्येष्ठ योग्य र स्वस्थ महिलाको नेतृत्वमा मनाइने सामूहिक पर्व छठ पर्व हो ।

यस समयमा छठ व्रत बसी सूर्यदेव र छठी माताको पूजाअर्चना गर्नाले आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वास पाइन्छ । सबै धर्म समुदाय र जाति एकै ठाउँमा भेला भएर छठ पर्व मनाइने हुँदा यो पर्वको एउटा छुट्टै विशेष पहिचान पाउन सकिन्छ । छठ पर्वमा सूर्यको पूजा गरिन्छ । सूर्यले पृथ्वीमा रहेका सम्पूर्ण जीव र वनस्पतिहरुलाई ताप दिने गर्दछ । यसको ताप वा किरणले विभिन्न रोगका कीटाणुहरुलाई नष्ट गर्ने गर्दछ । हिन्दु धर्ममा पनि सूर्यलाई ब्रह्मा, विष्णु र महेश्वरको शक्तिको रुपमा उल्लेख गरिएको छ । यद्यपि संसारका विभिन्न समुदायहरुले सूर्यको पूजा आ–आफ्नै तरिकाबाट पनि गरेको पाइन्छ ।

कपिलवस्तुका विभिन्न नदि तथा तालहरुको किनारमा गएर शनिवार साँझ अस्ताउदो सुर्यलाई अर्घ दिएर पुजा गरेर यो पर्व मनाइएको छ । जिल्लाको सदमुकाम तौलिहवाको रमघाट, जमुवार नदि , वाणगगा नदिका विभिन्न भाग तथा महाराजगजं पकडी लगायतका क्षेत्रमा यो पर्व मनाइएको छ । कपिलवस्तु नगरपालिकाकी उप–प्रमुख लक्ष्मी गुप्ताले वाणगगा नदिको रामघाट नदिमा गएर पुजा गर्दै सबै समुदायमा यस पर्वले आपसी समझदारी र भाइचाराको सम्वन्ध विस्तार गरेको बताइन् । पुजा स्थलमा स्थानीय नेता, विभिन्न संघ संस्थाका प्रतिनीधि लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ