गौरा पर्व सुरू

समाचार

8/20/2019

कैलाली, ३ भाद्र । सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक गौरा पर्व सुरु भएको छ । मंगलबार यो पर्व सुरु भएको हो । पर्वको पूर्वसन्ध्यामा बजारमा चहलपहल सुरु भएको छ ।

मंगलबार पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राख्छन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामापितलका भाँडाको बाहिरपट्टी पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर धुपबत्तीबालेर पञ्च अन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर कार्यलाई बिरुडा भनिन्छ ।

गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार व्रत बसी आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात पाँचथरीका गेडागुडी भिजाउने गरिन्छ ।

महादेव वर पाउन देवी पार्वतीले गरेको कठिन तपस्या र व्रतको सम्झना गर्दै सुदूरपश्चिममा पौराणिककालदेखि मनाइँदै आएको पर्वका रुपमा गौरालाई लिइने बैतडी बताइन्छ ।

गौरामा पञ्चमीका दिन महिलाले सामूहिक रुपमा बिरुडा भिजाउने, अर्को दिन परम्परागत कुवाँ र नाउलामा गौरा पुज्ने र अमुक्ताभरण सप्तमीका दिन गौरा भित्र्याउने गरिन्छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ