पर्सा, १० बैशाख । वीरगंज महानगरपालिका–१२ मुरलीबाट करिब १० किलो चरेश सोमबार साँझ प्रहरीले बरामद गरेको छ ।
सोही ठाउँस्थित पोखरीमा नुहाउन गएका बालबालिकाहरुले गाडिएको अवस्थामा उक्त लागूऔषध फेला पारी प्रहरीलाई खबर गरे पश्चा त प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया