काठमाडौं, ६ असोज । एक कार्यक्रमबिच संशोधित तथा परिमार्जित पत्रकार आचारसंहिता, २०७३ सार्वजनिक गरिएको छ ।
प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीको अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।
आचारसंहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्येश्यअनुरुप सरोकारवाला संघ, संगठनका प्रतिनिधि पत्रकारहरुसंग धेरै चरणको छलफल, अन्तक्र्रिया र प्राप्त रायसुझावमाथि गहन छलफलपश्चात आचारसंहिता जारी गरिएको हो ।
सो अवसरमा कार्यवाहक अध्यक्ष श्रेष्ठले छिटै प्रविधिको विकास भइ आचारसंहिता छिटै परिमार्जन गरिएको, हाम्रा कमीकमजोरीको कारण अनेकखाले कानुन बनेको बताए ।
यसबारे हामी आफैं पनि जानकार छौं, हामी मर्यादित बन्न जरुरी रहेको उल्लेख गरे । नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले सबै मिडियालाई समेटिएको, यसमा हाम्रो पनि स्वामित्व रहेको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया