काठमाडौं, ४ पुस । प्रदेश नं. ३ सरकारका आन्तरिक मामिला एवं कानुनमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार प्रेस काउन्सिल नेपालको भ्रमण गरेका छन् । उनी प्रदेश ३ को सूचना तथा सञ्चार मामिलासमेत हेर्छन् ।
सो अवसरमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र मन्त्री जम्कट्टेलबिच मिडियासम्बन्धि कार्यक्रममा सहकार्य र समन्वयका निम्ति सहमति भएको छ ।
सोहीअनुसार छिट्टै नै पत्रकार आचारसंहितासम्बन्धी प्रादेशिक भेलाको संयुक्त आयोजना गरिनेछ ।
संघीय र प्रादेशिक कानूनद्वारा निर्दिष्ट जिम्मेवारीबमोजिम मिडियाको सूचिकरण र पत्रकार आचारसंहिताको स्थितिबारे अनुगमन कार्य अघि बढाइने विषयमा सकारात्मक छलफल भएको छ ।
कार्यक्रममा प्रदेश ३ का प्रेस रजिष्ट्रार रेवति सापकोटा, प्रेस काउन्सिल सदस्य इश्वरीप्रसाद ओझा, नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्ट, कोषाध्यक्ष राकेश मिश्रलगायत पत्रकार पदाधिकारीहरुको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया