नेपालगन्ज, १९ असोज । प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएका राम मनोहर यादवकी पत्नीसहित २० भन्दा बढी सर्वसाधारण प्रहरीको लाठीचार्जबाट घाइते भएका छन् ।
शान्तिपूर्ण धर्नामा प्रहरीले ज्यादती गरेको भन्दै पीडित परिवार तथा संघर्ष समितिले शुक्रबार बाँके जिल्ला बन्दको घोषणा गरेका थिए ।
सोहीअनुरुप प्रदर्शन गरिरहेकाहरुमाथि प्रहरीले ज्यादती गरेको र प्रहरीको कुटाईबाट दर्जनौं सर्वसाधारणसमेत घाइते भएका छन् ।
स्व. राम मनोहर यादवलाई न्याय दिलाउनका लागि बाँकेका सम्पूर्ण स्थानहरुमा सार्वजनिक यातायात बन्द गरिने शान्तिपूर्ण आन्दोलनको कर्यक्रम पीडित परिवार र संघर्ष समितिले गरेको थियो ।
कार्यक्रममा विभिन्न स्थानबाट लगभग २० जना गिरफ्तार समेत भएका छन् । घाइतेहरुको उपचार स्थानीय अस्पताल र मेडिकलहरुमा भइरहेको जनाइएको छ ।
घाईते मध्ये प्रहरी हिरासतमा हत्या चएको राम मनोहरको पत्नी सुनिता यादव सशक्त घाइते भएकी छन् । अनवर खाँन, विष्णुप्रसाद यादवसहित दर्जनौं गिरफ्तार भएका छन् ।
यसैगरी, धर्ना र पदर्शन अहिले पनि जारी छ । पीडित परिवार तथा संघर्ष समितिले मानवअधिकारवादी संगठन, आमनागरिक समाजलगायत सम्पूर्णलाई सहयोगका लागि आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया