सर्लाही, ५ असोज । सर्लाहीका पूर्वसांसद नरेन्द्र साहले प्रहरीलाई ६० थान साइकल प्रदान गरेका छन् ।
उनले संविधान दिवसको अवसरमा सर्लाहीको बरहथवा–११ हिरापुरस्थित इलाका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी गोपालचन्द्र भट्टराईलाई साइकलको साचो हस्तान्तरण गरेका हुन् । साहले समाजमा अमनचैन कायम होस् भन्ने उद्देश्यले आफुले प्रहरीलाई साइकल प्रदान गरेको बताए । पर्याप्त स्रोेतसाधनको अभावका बावजुद पनि प्रहरीले अपराध नियन्त्रणको गतिविधि गर्दै आएको छ । तर, सवारीसाधनकै अभावमा घटना भएको ठाउँमा समयमै सेवा पु¥याउन नसकेकाले त्यसलाई कम गर्न साइकल प्रदान गरेको साहको भनाइ छ ।
साइकलमा आधुनिक प्रविधिजडित रहेको छ । साइकलबाट प्रहरीलाई समाजमा सुशसन कायम गर्न सहज हुने एसपी गोपालचन्द्र भट्टराईले बताए ।
तपाईको प्रतिक्रिया