प्रहरी नायव महानिरीक्षक पालबाट नवनिर्मित कार्यालय भवन उदघाटन

समाचार

4/26/2019

सिरहा, १२ बैशाख । २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालले सिराहा गोलबजार नगरपालिका–६ स्थित ईलाका प्रहरी कार्यालय गोलवजार, सिराहाको नवनिर्मित कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उदघाटन गरेका छन् ।

सो अवसरमा सोही कार्यालय परिसरमा नयाँ निर्माण हुने व्यारेक तथा भान्छाघरको समेत प्रहरी नायव महानिरीक्षक पालले शिलान्यास गरेका छन् ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पालले भवन निर्माणका लागि जग्गा प्रदान गर्नुहुने समाजसेवी राम प्रसाद साह सुढीलाई सम्मानपत्र प्रदान तथा भवन निर्माण कार्यमा उल्लेख्य सहयोग पुर्याेउने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र बितरण गरे ।

प्रहरी नायव महानिरीक्षक पालले नयाँ सुविधा सम्पन्न भवनको निर्माणले प्रहरी कर्मचारीहरुलाई आवास सम्बन्धि सुबिधाहरु प्राप्त हुनुकासाथै कार्यालय संचालन एवं प्रहरी परिचालन गर्नमा सहज भई प्रहरीबाट प्रदान गरिने सेवाहरु प्रभावकारी रुपले समयमै सेवाग्राहीलाई प्रदान गर्न सकिने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ