चितवन, ११ जेठ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा चितवन भरतपुर महानगरपालिका(२२ पटिहानीस्थित पर्यटक प्रहरी कार्यालयको शनिबार आयोजित एक कार्यक्रमवीच उद्घाटन सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले पर्यटक प्रहरीको प्रयोगको लागि ६ थान संचार सेट तथा ६ थान मोटरसाईकल समेत सो कार्यालयलाई हस्तान्तरण गरेका छन् ।
कार्यालयको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले पर्यटकीय नगरीमा पर्यटकको सुरक्षा, सेवा र सुविधाको लागि छिटै सिसिटिभि जडानको लागि पर्यटन मन्त्रालय, महानगरपालिका तथा जिल्ला प्रहरी कार्यालयले एकआपसमा समन्वय गर्दै आगडी बढ्नुपर्नेमा जोड दिए ।
पर्यटन क्षेत्रलाई सुरक्षित र शान्त बनाउन पर्यटन व्यवसायीको सहयोग रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले पूर्वाधार निर्माण लगायत अन्य कार्यमा आइपर्ने समस्या समाधान गर्ने प्रहरी सदैव तयार रहेको समेत बताए ।
समाजमा शान्ति स्थापना तथा अपराध नियन्त्रण गर्दै सभ्य समाज निर्माणको लागि स्थानीय जनतासँग हातेमालो, सहकार्य एवम् समन्वय गर्दै आगाडि बढ्नुपर्ने उनले बताए ।
तपाईको प्रतिक्रिया