मोरङ, १४ असोज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विराटनगर महानगरपालिका–११ स्थित विराटनगर बसपार्कको हाताभित्र नवनिर्मित प्रहरी विट तथा नागरिक सहायता कक्षको सोमबार आयोजित समारोहका बीच उद्घाटन गरी जिल्ला प्रहरी कार्यालय मोरङलाई हस्तान्तरण गरेका छन् ।
उक्त कार्यक्रममा मन्त्री पण्डितले शान्ति सुरक्षा जस्तो अत्यन्तै महत्वपूर्ण, संवेदनशील तथा चुनौतीपूर्ण कार्यमा खटिने प्रहरीलाई सबै भन्दा उत्तम र पर्याप्त साधनश्रोत उपलब्ध गराउन सकेमा अपराधको रोकथाम, अनुसन्धान र शान्ति ब्यवस्था कायम गर्न सहज हुने बताउनुभयो । यसबाट नागरिकले अझ छिटो, छरितो र प्रभावकारी रूपमा सेवा प्राप्त गर्न सक्ने उनले उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले नवनिर्मित प्रहरी विटले बसपार्क, यातायात तथा यात्रुहरूको सुरक्षाका साथै प्रहरी सेवा प्रवाहको गुणस्तरमा अभिबृद्धि हुने विश्वास व्यक्त गरे ।
आजैबाट उक्त कक्षबाट चाडवाड लक्षित यात्रु सहायता डेस्क समेत संचालनमा ल्याइएको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया