प्रहरी हुँ भनि रकम असुल्ने पक्राउ

समाचार

3/10/2019

कैलाली, २५ फागुन । प्रहरी हुँ भनि रकम असुली गर्दै आईरहेका एक जनालाई एपीएफ टोलीले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १ स्थित थपलीपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला जिल्लाको हिमा गाउँपालिका १ बड्की बस्ने २२ वर्षिय रोशन रोक्का छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश डुडेझारीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नेत्र के.सी.को कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

रोक्काले नेपाल प्रहरीको केन्द्रबाट खटिई आएको हुँ भन्दै स्थानीय जनता तथा स्थानीय प्रहरीलाई विभिन्न कुरा गर्दै झुक्याई रकम असुली गर्दै आएका थिए ।

त्यसवेला एपीएफ टोलीले उनको साथबाट दुई थान नक्कली पेस्तोल तथा मोवाईल दुई थान र नगद चार सय ८० रुपैयाँ समेत बरामद गरेको छ । एपीएफ टोलीले निजलाई बरामद नम्कली पेस्तोल तथा रकमसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ