प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा

समाचार

7/19/2019

रूपन्देही, २ साउन । तिलोत्तमा नगरपालिका प्लास्टिक झोलामुक्त नगर घोषणा भएको छ ।

प्लास्टिक झोलामुक्त बनाउने अभियान चलाउँदै आएका तिलोत्तमाले प्लास्टिकका झोलासँगै प्लास्टिकजन्य सबै सामग्रीको प्रयोगमा बन्देज लगाएको छ ।

तिलोत्तमाका मेयर वासुदेव घिमिरेका अनुसार प्लास्टिक र प्लास्टिकजन्य सामग्रीको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने भएकाले त्यसको न्यूनीकरण गर्दै निषेध नै गर्न लागिएको छ ।

जनप्रतिनिधि, राजनीतिक दल, व्यावसायिक तथा सामाजिक संघसंस्था, आमा समूह, युवा क्लब, टोल विकास संस्था, सहकारी, वन, विद्यालयका प्रतिनिधिसहित सरोकारवालाको पहलमा प्रतिनिधिसभाका सदस्य एवं पूर्वमन्त्री घनश्याम भुसालले बुधबार उक्त घोषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ