पाल्हीनन्दन गाउँपालिकाको प्रशासनिक भवन निर्माण

समाचार

10/24/2018

नवलपरासी, ७ कार्तिक । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्न थालिएको छ ।

रु आठ करोड ३५ लाखको लागतमा आगामी दुई वर्षभित्र सो भवन निर्माण गरिने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।

भैरहवास्थित प्राकृतिक निर्माण सेवाले ठेक्का लिएको सो भवनमा ४८ वटा कोठा हुने प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ