काठमाडौं, १० असोज । समस्त नेपाली तथा हिन्दू धर्मावलम्बीहरुको माहन चाड बडा दशैंको शुभ अवसरमा कलशयात्रा सुरु हुने भएको छ ।
श्री माँ दुर्गा भवानी पुजा तथा हिन्दू संस्कृति परिषद् गौशाला काठमाडौंको आयोजनामा घटस्थापनाको दिन आइतबार ८ बजेदेखि धुमधामका साथ काठमाडौंको पशुपति शेत्रबाट हजारौंको संख्यामा कलशयात्रा सुरु हुनेछ ।
आयोजक संस्थाले काठमाडौंभरिका सम्पूर्ण आमा, दिदी, बहिनीहरुमा उपस्थितिका लागि अनुरोध गरेको छ ।
कलशयत्रामा आउने सम्पूर्ण भक्तजनहरुलाई निःशुल्क भोजनको व्यवस्था गरिएको छ भने कलश बोक्ने दिदी, बहिनीहरुलाई कलशको समेत निःशुल्क व्यवस्था गरिएको छ ।
कलशयात्राको सम्पूर्ण कार्यक्रम प्राइम टेलिभिजनबाट प्रत्यक्ष रुपमा सुरुदेखि अन्त्यसम्म हेर्न सकिने बताइएको छ ।
समस्त नेपाली तथा हिन्दु धर्मावलम्बहरुको महान चाड बडा दशैंको शुभ अवसरमा पवित्र स्थल पशुपति क्षेत्रमा मनाउन लागिएको १२औं नवरात्री महामहोत्सव आन्तर्गत हुने सम्पूर्ण पुजा तथा प्रवचन कार्यक्रममा सपरिबार इष्टमित्रसहित सहभागी भइ महामहोत्सवको गरिमा बढाइदिन आयोजक संस्थाले आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया