बारा, २३ फागुन । सवारी ज्यान र लागूऔषध तथा विष्फोटक पदार्थ मुद्दामा फरार २ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका-७ वस्ने ५५ वर्षीय कमरूदिन मियां अन्सारी र बारागढी गाउँपालिका-५ बस्ने ३१ वर्षीय उमेश पटेल रहेका छन् ।
बारा जिल्ला अदालत कलैयाको २०५३ साउन १३ गतेको फैसला सदर हुने ठहरी पुनरावेदन अदालत हेटौडाबाट २०५४ जेठ १२ गतेको आदेशले सवारी ज्यान मुद्दामा ४ महिना कैद र ५ सय रुपैयाँ जरिवाना भएका फरार प्रतिवादी रहेका अन्सारीलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले फागुन २१ गते पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया