बाँके, १७ मंसिर । लेनदेन मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेकी प्रतिवादी नेपालगंज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने ३५ वर्षीया गिता कुमारी खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई नेपालगंज उपमहानगरपालिका–१८ स्थित यातायात कार्यालयबाट पक्राउ गरेको हो ।
खड्कालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
तपाईको प्रतिक्रिया