फलफूलको विरुवा रोपण कार्यक्रममा प्रधानसेनापति

समाचार

7/1/2019

काठमाडौं, १४ असार । नेपाल सरकारको “एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान“ लाई मुर्त रुप प्रदान गर्नको लागि नेपाली सेनाले पनि “एक जवान एक विरुवा (फलफूलको बोट) रोपण अभियान“ लागु गर्दै आइरहेको र पहिलो पटक सञ्चालित यस बृहत राष्ट्रिय अभियानलाई गति दिन प्रधानसेनापति पूर्णचन्द्र थापाले रक्षा सचिव श्री रेश्मीराज पाण्डे, नेपाली सेनाका रथीबृन्दहरु, प्रधानमन्त्री कार्यालयका सह सचिव श्री विनोद कुँवर, सञ्चारकर्मीहरु र स्थानीय व्यक्तिहरुको उपस्थितिमा चार स्थानमा विभिन्न जातका फलफूलका विरुवाहरु रोपण गरेका छन् ।

वृक्षारोपण कार्यक्रमको दौरानमा सञ्चारकर्मीहरुको जिज्ञासालाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले नेपाली सेना वातावरण संरक्षणमा प्रतिवद्ध रहेकोले सम्पूर्ण सरोकारवाला तथा स्थानीयहरुको सहकार्य र सहयोगमा वृक्षारोपण तथा संरक्षण कार्यलाई सामूहिक अभियानको रुपमा अगाडी बढाउँदै आईरहेको बताए । सोहि क्रममा उहाँले यो वृक्षारोपण अभियान नेपाली सेनाको मात्र नभई राष्रिहेय अभियान भएको समेत उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ