सार्वजनिक स्थलमा बेइज्जत गर्ने तिवारी पक्राउ

समाचार

11/12/2019

वीरगन्ज, २६ कार्तिक । वीरगन्ज महानगरपालिका वार्ड नम्बर १५ भिषवा निवासी केदार तिवारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । नेपाल टेलिकमका सवारी चालक समेत रहेका तिवारीलाई प्रहरीले सार्वजनिक अपराधको अभियोगमा पक्राउ गरेको हो ।

गत आश्विन २६ गते सार्वजनीक स्थल घन्टाघरमा नगर प्रमुखलाई अपशब्द प्रयोग गर्दै तथानाम गाली गलौज गरेको आरोपमा तिवारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । उनले गरेको गाली बेइज्जती रंजीत चौरसिया जोनालिष्ट फेसबुक प्रोफाइलबाट डाउनलोड गरिएको हो । नगर प्रमुखलाई निराधार बदनाम गराउनुको साथै गाली बेइज्जती समेत गर्ने कार्य भएको आरोप उनलाइृ लागेको छ ।

प्रहरीले तिवारीलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ