बाँकेका कुखुरापालक मर्कामा

समाचार

10/28/2019

बांके, ९ कार्तिक । कुखुरापालक किसानहरु धेरै मर्कामा परेका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले कुखुरा पालन छाडिरहेका छन् ।

कुखुरा किसानले आफूहरु पटक–पटक अन्यायमा परेको भन्दै आगामी लागि कुनै पनि किसानले ब्रोइलरको चल्ला माग नगर्ने र कुखुरापालक किसान मजिबुल हसन शेषअनुसार चल्ला र दानाको मूल्य सप्लायर्सहरुले अस्वाभाविकरूपमा बढाए पनि किसानले उत्पादन गरेको कुखुरामा भने अत्यधिक गिरावट आएको छ ।

आफूहरुको माग सम्बोधनका लागि दाना र कुखुराको चल्लाको मूल्य घटाउनुपर्ने वा उत्पादन भएका तयारी कुखुराको मूल्य बढाउनुपर्ने मुख्य माग रहेको उनले बताए ।

किसानका समस्या सम्बोधन नभए एक्कासी कुखुरा पालन घटदै जान्छ । कुनै पनि कुखुरापालक किसानले चल्ला खरीद नगर्ने घोषणा गर्दछन् ।

पटक–पटक दाना र चल्लाको मूल्यमा वृद्धि हुँदा पनि कुखुराको मूल्यमा गिरावट आएको, सप्लायर्सहरुले समयमा कुखुरा नउठाउने, किसानले तत्काल कुखुराको मूल्य नपाउने, सप्लार्यसहरुले मनपरी मूल्य निर्धारण गर्ने काम गरेको मजिबुल हसनले बताए ।

यस्तै कुखुरापालक किसानले विभिन्न सात बुँदे माग राखेका छन् । उनीहरुले तयारी कुखुराको मूल्य बढ्नुपर्ने, समयमा तयारी कुखुरा बजारसम्म सप्लायर्सले पु¥याइदिनुपर्ने, कुखुराको रकम तत्काल पाउनुपर्ने, कुखुरा, दाना र चल्लाको मूल्य दैनिक प्रकाशित हुनुपर्ने, बच्चा र दाना गुणस्तरीय हुनुपर्ने माग रहेका छन् ।

अहिले बजारमा प्रति ५० केजी दानाको मूल्य रु तीन हजार चारसय चल्लाको मूल्य रु ५५ मा किसानले किन्दै आएका छन् । चालीसदेखि ५५ दिनसम्म किसानले पालेका कुखुराको मूल्य भने प्रतिकिलो सरदर रु १८० मात्रै छ ।

अहिले तयारी कुखुराको मूल्य बाँकेमा रु १८० तुलसीपुरमा १८० र देउखुरी क्षेत्रमा १७० मा किनबेच हुँदै आएको बताइएको छ ।

त्यसमा पनि किसानसँग प्रतिकिलो रु १८० मा किनिएको कुखुरा उपभोक्तासम्म आइपुग्दा रु ३०० देखि ३२० सम्म प्रतिकिलो तयारी मासु बिक्री हुने गरेको छ ।

दाना र चल्लाको मूल्य बढेपछि तयारी कुखुराको मूल्य पनि बढ्नुपर्ने किसानको मुख्य माग छ । दाना तथा कुखुरा सप्लायर्स तत्कालका लागि तयारी कुखुराको मूल्य बढाउ मजिबुल हसन शेषले बताए ।

दाना, चल्ला र तयारी कुखुराको मूल्य निर्धारणको काममा सरकारले जिम्मेवारी लिइदिए आफूहरुलाई सहज हुने व्यवसायी बताउँछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ