बाँकेको नरैनापुरमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना

समाचार

10/28/2018

दिनेश ठाकुर, नेपालगञ्ज, ११ कार्तिक । बाँकेको नरैनापुरमा नेपाली सिमा सुरक्षाको लागि सशस्त्र प्रहरी बलको बिओपी स्थापना गरिएको छ ।

पहिलोपटक त्यस क्षेत्रमा स्थापना भएको सशस्त्र प्रहरी बलको बिओपीको एक कार्यक्रमका बिच सो क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना)ले उद्घाटन गरिन् ।

जिल्ला स्थित प्रहरी प्रशासनका प्रमुख सहित नेपाल भारत सिमाको नरैनापुरमा पुगेकी सांसद नमुनाले सडक र विद्यूत् सेवा पुग्नासाथ नरैनापुर क्षेत्रको विकटता हट्ने बताइन् ।

निर्माणाधिन नेपालगन्ज–बघौडा हुलाकी सडकको काम यथाशिघ्र सम्पन्न गर्न र विद्यूतीकरणको कार्यलाई तिव्र रुपमा अगाडि बढाउन आफु दिनरात लागिपरेको उनको बताइन् । यस क्षेत्रमा स्थापना भएको शशस्त्र प्रहरी बलको बिओपीले सिमा सुरक्षा सँगै यस क्षेत्रमा जनताहरुलाई सुरक्षा प्रदान गर्न मद्वत पु¥याउने बताइन् ।

आफ्नो ५ बर्षिय कार्यकालमा यस क्षेत्रको विकासले फड्को मार्ने बताउदै सांसद नमुनाले सबैलाई साथ दिन आग्रह गरिन् ।
आफुसहित शशस्त्र बलका अन्य अधिकारीहरुले यस क्षेत्रमा बिओपी स्थापना गर्नको लागि गरेको प्रयासले सफलता पाएको भन्दै सांसद नमुनाले खुसी समेत व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ