बागमती नदी किनारमा मृत अवस्थामा युवक फेला

समाचार

9/25/2019

रौतहट, ७ असोज । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ६ राजदेवीस्थित रहेको बागमती नदीको किनारमा मृत अवस्थामा एक जना युवकको शव फेला परेको छ ।

मृत अवस्थामा फेला परेको शव स्थानीय राजदेवी नगरपालिका वडा नम्बर ४ बस्ने उमेश कापडको २३ वर्षीय छोरा राधेश्याम कापडको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घरबाट सोमवार राति खाना खाएर घर बाहिर निस्केका कापड मंगलबार दिउँसो बागमती नदी किनारमा मृत अवस्थामा भेटिएको हो ।

घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको तथा शव पोस्टमार्टम पछि परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक पपु नायकले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ