रौतहट, ८ साउन । गए रातिदेखि परेको अविरल वर्षाको कारण बागमती र लालबकैया नदीमा पानीको बहाब बढेको छ । चुरे क्षेत्रमा परेको पानीले दुबै नदीमा बाढी आएको हो। बाढिले रौतहटको बागमती नदीमा २ ठाउँमा तटबन्ध भत्काएको छ । राजदेवी नपाको ब्रम्हपुरी र गढिमाइ नपाको ३ नम्बर वडा लक्ष्मीपुर नजिक तटबन्ध भत्काएको छ ।
गत असार २७ गते आएको बाढीले लाल बकैया नदीले ९ स्थानमा तटबन्ध भत्काएको थियो । लालबकैयाले कटहरिया, बुनियाद, लक्ष्मीनिया, लक्ष्मीपुर, परोहा, राजपुर, देवाही र बन्जरहा नजिक तटबन्ध नै बगाएको छ । बाढीले बगाएको तटबन्ध मर्मत नभएको कारण स्थानीय त्रसित छन् ।
पधेरादोभान (कर्मैया) बाढी मापन केन्द्रमा जलसतह खतरा तह पुगेको र बढ्दो रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटिय क्षेत्रमा हुनेहरू आज बेलुका सम्मै उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया