बाघको छालासहित एक जना पक्राउ

समाचार

1/21/2019

नवलपरासी पश्चिम, ७ माघ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं ३ मरीमोक होटल भिजिट राराको अगाडिबाट बाघको छालासहित कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नं ४ घर भएका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालिकोटका बर्ष २९ का टंक प्रसाद उपाध्याय रहेका छन् । सुराकीको अधारमा प्रदेश नं ५ को ब्युरो टोलीले पक्राउ गरेको हो ।

करिब आइतबार साढे तिन बजे कालो व्यागमा सेतो बोरामा राखेर ल्याउँदै गरेको उक्त बाघको छाला इन्सपेक्टर बोधराज रेग्मीको नेतृत्वमा रहेको टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको प्रदेश नं ५ का प्रहरी अनुसन्धान समूहका एक प्रहरी बद्री यादवले जानकारी दिए ।

दुई वटा चितुवाको छाला मध्ये एउटा ध्वासे चितुवाको छाला रहेको छ । अहिले उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ