दाङ, १४ असोज । तुलसीपुर उपमहानगरपालिका–६ बाट ७.५ फिट लामो टाउको र दाँत सहितको बाघको छालासहित रुकुम (पूर्व) उत्तरगंगा गाउँपालिका–१४ बस्ने २० वर्षीय भिमप्रसाद बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र उक्त बाघको छाला सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया