बाँके, १० साउन । प्रत्येक बर्ष जिल्लाका लागि संघीय र प्रदेश सरकारले बजेट छट्याउँदा कम भएको गुनासो सुनिने गरेको छ । तर, त्यही बजेट पनि पूर्णरूपमा खर्च हुने गरेको छैन । गत आ.व. ०७५/०७६ मा पनि बाँकेको विकासका लागि छुट्याइएको अर्बौ रूपैयाँ खर्च नभएर फर्किएको छ ।
गत आ.व. ०७५/०७६ मा प्रदेश र संघीय सरकारले विकास निर्माणका लागि छुट्याएको २ अर्ब १८ करोड २५ लाख रूपैयाँ खर्च नभई फर्किएको कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगन्जको तथ्यांक देखाएको छ । संघीय सरकारले आ.व. ०७५/०७६ मा पूँजिगत (विकास) खर्चका लागि ८ अर्ब ९८ करोड ८ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो ।
जसमध्ये ७ अर्ब ३१ करोड ६ लाख रूपैयाँ मात्रै खर्च भएको छ । जुन विकास बजेटको ८१.४० प्रतिशत हो । प्रदेश सरकारले बाँकेका लागि छुट्याएको विकास बजेटको ६० प्रतिशत पनि खर्च गर्न सकेको छैन । प्रदेश सरकारले बाँकेका लागि आ.व. ०७५÷०७६ मा पूँजिगत (विकास) खर्च तर्फ १ अर्ब ३२ करोड १४ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो ।
जसमध्ये ५८.२० प्रतिशत अर्थात् ७६ करोड ९१ लाख रूपैयाँ मात्र खर्च भयो ।
तपाईको प्रतिक्रिया