बुटवल, २२ असोज । बुटवलको रामनगरमा निर्माणाधिन अन्तराष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रको वातावरणीय प्रभाव मुल्याकंन (ईआईए) प्रतिवेदनका सम्वन्धमा आज बुटवलमा व्यवसायीक संघ सस्था र उद्योगिहरुसंग अन्तरक्रिया गरिएको छ ।
बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा भएको कार्यक्रममा वातावरणीय प्रभाव मुल्याकंन गरीरहेको लुम्विनी महाबिल्डर्स सर्भिसेजका बिज्ञहरुले अन्तर्राष्टिय सम्मेलन केन्द्र र प्रर्दशनी केन्द्रमा बन्ने संरचना र त्यसले यस क्षेत्रको बिकासमा पार्ने प्रभावका सम्वन्धमा जानकारी गराएका थिए ।
सर्भिसेजका बिज्ञ तेज कुमार श्रेष्ठले सम्मेलन केन्द्र र प्रर्दशनी केन्द्रलाई अन्तरराष्टिय स्तरको बन्ने जानकारी गराउदै यसले वातावरणमा पार्ने असरका सम्वन्धमा कुनै गुनासो भए मौखिक वा लिखित जुनसुकै तवरबाट पनि सुझाव दिन सक्ने बताए ।
कार्यक्रममा सहभागिहरुले सम्मेलनको काम धेरै अधि बढीसकेको अवस्थामा यसको निर्माणले वातावरणमा पार्ने प्रभावका सम्वन्धमा छलफल गर्नु भन्दा वातावरण नबिग्रने गरी वा प्रभाव कम हुने गरी निर्माण गर्नुपर्ने बताएका थिए ।
तपाईको प्रतिक्रिया