राकेश यादव, रौतहट, २९ भाद्र । रौतहट जिल्लाको राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंहले बाटो निर्माणको कार्यमा बाधा पुर्याउने कार्य सहन नहुने बताएका छन् ।
शहरी विकास मन्त्रालयबाट निर्माण भैरहेको सडक विस्तारको कार्यलाई निरन्तरता दिँदै समयमै निर्माण कार्य सम्पन्न गराउने उद्देश्यले सडक विस्तारको कार्य अगाडी बढाइएको बताउँदै सडकमा परेका घर टहरा छिट्टै भत्काउने बताए ।
विगत एक वर्षदेखि घर हटाउन सूचना जारी गर्नुको साथै आग्रह गर्दा पनि कुनै वास्ता नगरेकोले स्थानीय जनप्रतिनिधिको सहयोग सहकार्यमा जेसीभी लगाएर घर भत्काउनुको विकल्प नरहेको जिकिर गरे । पटक पटक आग्रह गर्दा पनि अटेर गरेकोमा मेयर सिंहले आफै उपस्थित भएर गौरदेखि राजदेवी जाने मुख्य बाटोमा परेका घरहरु जेसीभी मेशिन लगाएर भत्काएका छन् ।
तपाईको प्रतिक्रिया