रौतहट, १ साउन । रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर २ स्थित जमुनियामा बाटो निर्माण गर्न उपभोक्ता समितिले खनेको खाल्टोमा जमेको पानीमा डुबेर मंगलबार एक बालकको मृत्यु भएको छ ।
जमुनियादेखि छेदी चौकसम्म नयाँ निर्माण गरिएको सडकको छेउमा रहेको खाल्टोमा डुबेर स्थानीय शेख रोज महमदको ३ वर्षीय छोरा शेख सफियान महमदको मृत्यु भएको हो ।
खेल्ने क्रममा उक्त बालकको ज्यान गएको हो । घटनाको पुष्टि नगर उपप्रमुख नूर जहा खातूनको श्रीमान नसरुदीनले गरेका छन् । उनका अनुसार नगर स्तरीय योजनाबाट उपभोक्ता समिति मार्फत २०७६ आषाढ़ २ गते सड़कको निर्माण गरिएको थियो ।
जमुनिया निवासी मजरुल देवान अध्यक्ष रहेको उपभोक्ता समितिले बाटो निर्माण गर्ने क्रममा छेउमा माटो खनेकोले सो खाल्टो भएको थियो ।
नगर प्रमुख सियाराम प्रसाद कुशवाहाले समयमा खाल्टो पुर्ण नलगाएको कारण मानवीय क्षति भएको स्थानीयहरुले बताएका छन् ।
उपभोक्ता समितिले क्षतिपूर्ति तिर्नु पर्ने स्थानियहरुले मांग गरेका छन् । ४ फिट गहिरो तथा ४ फिट चौड़ा खाल्टो रहेको छ ।
तपाईको प्रतिक्रिया