बाढीको अवलोकन र राहतका कार्यक्रमसहित प्रदेश २ मा आउँछु : प्रधानमन्त्री ओली

समाचार

8/2/2019

काठमाडौं, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट पीडितहरुको उचित व्यवस्थापनका लागि सरकार गम्भिर रहेको बताएका छन् ।

प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने साँसदहरुसँग शुक्रबार बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले बाढी पीडितहरुलाई तत्कालीन भन्दा पनि दीर्घकालीन समाधानका लागि सरकारले योजना बनाइरहेको बताएका छन् ।

“बाढी र डुबानको समस्या समाधानको दीर्घकालीन उपायका लागि सरकारले योेजना बनाउँदैछ” प्रधानमन्त्री ओलीले भने “बर्षेनी देशमा हुने यस प्रकारका समस्याको दीर्घकालीन समाधानका लागि समुदायलाई नै परिचालन गर्नुपर्दछ । बाढी र डुबानका कारण हुने जनधनको क्षति न्यून गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन पनि गर्नु पर्दछ ।”

केही समयभित्रै बाढीले क्षति पु¥याएका प्रदेश नं २ का जिल्लाको भ्रमण गर्ने प्रधानमन्त्रीले साँसदहरुलाई बताएका छन् ।

“केही समयपछि म बाढीको क्षतिको अवलोकन र राहतको केही कार्यक्रमसहित प्रदे नं २ मा आँउछु” प्रधानमन्त्री ओलीले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ