काठमाडौं, २९ असार । अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशैभर पुर्याएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।
पूर्वराजा शाहले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘यो वर्षको मौसमी वर्षासँगै राजधानी लगायत देशका विभिन्न भूभागमा आएको बाढी पहिरोको प्रकोपले धेरै जनधनको क्षति भएकोमा मलाई दुःखी तुल्याएको छ ।’
प्राकृतिक प्रकोप र मानवीय संवेदनाको यो घडीमा तिम्रो र मेरो भन्ने संकिर्ण सोचबाट माथी उठेर सबैले सबैको लोकहितकारी काममा लाग्न पूर्वराजा शाहले आग्रह गरेका छन् ।
‘प्राकृतिक विपदको यो घडीमा म शोक संन्तप्त पीडित सबैप्रति हार्दिक समवेदना र सहानुभूति राख्दै विपद व्यवस्थापनको प्रभावकारी कदम चालिनु पर्ने आवश्यक्ता देख्दछु ।’ पूर्वराजा शाहले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया