बाढीपहिरो पीडितहरुको खोज, उद्धार तथा राहतमा १५ हजार नेपाली सेना परिचालन

समाचार

7/16/2019

काठमाडौं, ३१ असार । असार २६ गते साँझबाट परेको अविरल वर्षाको कारण देशका विभिन्न जिल्लाको विभिन्न स्थानहरुमा बाढी र पहिरो प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा ल्याउनका लागि नेपाली सेनासँग भएका सबै किसिमका विपद् उद्धारका सामग्रीहरु सहित खोज, उद्धार तथा राहत कार्यमा करिव १५ हजार फौज खट्टिइरहेका छन् ।

बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाल सरकार तथा जिल्ला विपद् व्यवस्थापन समितिद्वारा विरतण गर्न तयार गरिएको राहत सामग्रीहरु नेपाली सेनाको हवाई साधनमार्फत सम्बन्धित स्थानमा र्पुयाउन सहयोग गर्नुको साथै स्थानीय स्तरमा राहत वितरणको कार्यमा समेत आवश्यक सहयोग गरिरहेको छ ।

त्यस्तै अविरल वर्षासंगै गएको पहिरोका कारण अवरुद्ध भएका विभिन्न राजमार्गहरु सुचारु गरी यातायात सञ्चालन सहज गर्न सहयोग गर्ने र तटिय क्षेत्रमा तटबन्दको निर्माण, नाला सफाई जस्ता कार्यहरुलाई जारी राखिएको नेपाली सेनाले जनाएको छ ।

खोज, उद्धार तथा राहत वितरणकै क्रममा सोमबार बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नं.९ पैमा ईलाकामा बुढीगांगा नदी थुनिने सम्भावना बढ्दै गईरहेको अवस्थालाई मध्यनजर गर्दै श्री सुदूर पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी बालकृष्ण कार्कीको कमाण्डमा खट्टिएको टोलीले हेलिकोप्टरमार्फत उक्त नदीको अवस्थाबारे आवश्यक रेकी गरी नदीको बहावलाई सुचारु गराउन कैलालीस्थित श्री कालीरक्षा गणको ईन्जिनियर से.मु. स्ट्याण्डवाई हालतमा राखिएकोछ ।

ललितपुरको वाग्मती गा.पा. ६, प्युटारमा राहत वितरणको कार्य गरिरहेको, झापा जिल्लाको शिवसतासी न.पा.—७ माईखोला ईलाकामा २८ गतेदेखि माईखोलाको बाढीले बगाएर हराइरहेका ३ जना छात्राहरुको खोजी कार्य गर्न फौज परिचालन भइरहेको छ ।

उदयपुर जिल्लाको रोतामाई गाउँपालिका ६ हलेगाउँस्थित छवियाखोला ईलाकामा बाढीले बाँध भत्काएको कारण उक्त स्थानमा बाँध पुन निर्माण कार्य गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ