बाढी प्रभावितलाई राहत वितरण

समाचार

7/30/2019

धनुषा, १४ साउन । धनुषाको बाढी प्रभावित मुखियापट्टी मुसरनियामा राहत वितरण गरिएको छ ।

गाँउपालिकाको वडा नं. १ देखि ६ सम्मका बाढी प्रभावित करिव ६ सय परिवारलाई राहत वितरण गरिएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिको अगुवाई र गाँउपालिकाको आयोजनामा एक कार्यक्रमका बिच प्रतिनिधीसभा सदस्य जुली महतो, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल सहितको टोलीले राहत वितरण गरेका हुन् ।

प्रत्येक वडाको १ सय गरि कुल ६ वडामा ६ सय घर परिवारलाई राहत वितरण गरिएको छ । चामल, दाल, त्रिपाल सहितका खाद्य र गैरखाद्य सामग्रीहरु राहत स्वरुप वितरण गरिएको छ ।

गाँउपालिका धनुषामा अति प्रभावित मध्येका एक स्थानित तह रहेकाले राहत वितरण गरिएको सांसद महतो र प्रजिअ कणेलले बताए ।

गाँउपालिकामा बाढीवाट एकजनाको मृत्यु भएकाले मृतक परिवारलाई भेटेर विपद व्यवस्थापन समितिको तर्फवाट थप एक लाख रुपैया राहत स्वरूप प्रदान समेत गरिएको छ ।

विपदका वेला राजनिति गर्न नहुने बताउदै वक्ताहरुले एक भएर विपदको सामना गर्नुपर्ने बताए । राहत वितरणमा गाँउपालिकाका प्रमुख, उपप्रमुख सहित नेकपाका नेता कार्यक्रताहरुको समेत सक्रिय सहभागिता थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ