बुद्धभूमि १ वालविवाहमुक्त वडा घोषणा

समाचार

9/21/2018

मणि प्रसाद गैह्रे, कपिलवस्तु, ४ असोज । संविधान दिवसको अवसरमा पारेर बुद्धभुमी नगरपालिकाको वडा नं १ लाई वालविवाह मुत्त वडा घोषणा गरिएको छ ।

वडामा गरिएको सर्वेक्षणमा ९५ प्रतिशत वढि वडा वासिहरुको विवाह २० वर्ष पुगेपछि मात्र भएको तथ्यांक आएकोले वडालाई वालविवाह मुत्त वडा घोषणा गरिएको वडा अध्यक्ष तेज बहादुर वस्नेतले बताए ।

वडाको शैक्षिक, सामाजिक अवस्थामा सुधार ल्याउने विभिन्न कार्यक्रम र सचेतना मुलक कार्यक्रम गरिएको वडालाई घोषणा गर्न सफल भएको समेत बताए ।

साथै यस अघि वडालाई पुर्ण साक्षर, पुर्ण भर्ना तथा पुर्ण खोप वडा समेत घोषणा गरिएको अव तत्काल वालमैत्री वडा घोषणा गर्न तयारी गरिएको समत उक्त सभामा वडा अध्यक्ष वस्नेतले जानकारी गराए ।

कार्यक्रमा वोल्दै नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकले लिएको निति अनुसार विस्तारै विभिन्न वडाहरु वालविवाह मुत्त वडा तथा पुर्ण भर्ना वडा भैरहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ