काठमाडौं, १५ साउन । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सिंहदरबार बैद्यखानाको अनुगमन गरेका छन् ।
स्वास्थ्यमन्त्री यादवले बैद्यखानाको अनुगमन गरि प्रगति विवरण र आगामी कार्ययोजना मन्त्रालयमा पेश गर्न बैद्यखानाका प्रबन्ध निर्देशकलाई निर्देशन दिएका छन् ।
सरकारको एकमात्र आधिकारिक जडिबुटिजन्य औषधि उत्पादक संस्था बैद्यखानाको कामकारबाहीबारे जनगुनासो बढेपछि स्वास्थ्यमन्त्री यादवले बुधबार दिउँसो छड्के अनुगमन गरेका छन् । अनुमगनका क्रममा चार जना कामदार मात्रै औषधि कारखानामा काम गर्दै गरेको पाईएको थियो ।
करिब चार दर्जनको संख्यामा कर्मचारी रहेको बैद्यखानामा चार जना मात्रै काम गरेको देखेर स्वास्थ्य मन्त्री यादवले चरम असन्तुष्टि जाहेर गरे ।
बैद्यखानाको दुरावस्था देखेर मन्त्री यादवले हालको प्रगति विवरण र नयाँ कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् ।
मन्त्री यादवसँगै अनुगमन टोलीमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, मन्त्रालयका सचिव रामकुमार थपलिया र स्वास्थ्यमन्त्रीका सल्लाहकार डा. के.के राई सहभागी थिए ।
तपाईको प्रतिक्रिया