सिरहा, २० कार्तिक । कर्जन्हा नगरपालिका–२ सैलेश टोल बस्ने २६ वर्षीया कबिता पासवानको बन्चरो प्रहारबाट बुधबार बिहान मृत्यु भएको छ ।
घरायसी विवादको कारण उनकै श्रीमान रामबाबु पासवानले मादक पदार्थ सेवन गरी बन्चरोले प्रहार गर्दा कविताको मृत्यु भएको छ ।
गम्भीर घाइते भएकी कविताको उपचारका लागि फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बन्चरो प्रहार गर्ने रामबाबु हाल फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया