बबई नदीको बहाव बढ्दै

समाचार

7/24/2019

काठमाडौं , ८ साउन । निरन्तर वर्षा भइरहेको र बबई नदीमा बहाव बढ्दै गएकाले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बर्दिया जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
‘अत्यन्तै जरुरी सूचना’ जारी गर्दै बर्दिया जिल्ला प्रशासनले कार्यालयले बबई नदीको चेपांगस्थित बाढी मापन केन्द्रमा बुधबार बिहान ८ बजे पानीको सतह ५.४ मिटर पुगेकाले बबई नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
सूचनामा भनिएको छ–निरन्तर वर्षा भइरहेको र नदीको तल्लो तटीय क्षेत्रमा नदीले बगाएर ल्याएका काठ, दाउरा समात्न, माछा मार्न जाने कार्य अति जोखीमपूर्ण हुने हुँदा यस्तो अवस्थामा नदी किनार क्षेत्रनजिक नजान तथा जान नदिन हुन सबैमा अनुरोध गर्दछौं ।
‘वर्षा भइरहेकाले बबई नदीको जलस्तर बढ्दै गएको छ,’ प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने, ‘जलस्तर ६ मिटर पुगेपछि खतरा हुन्छ ।’
बर्दियामै भन्दा दाङ, सल्यान, सुर्खेतमा वर्षा हुँदा बबई नदीमा बाढी आउने उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ