बम निष्क्रिय

समाचार

11/16/2018

बाँके, २९ कार्तिक । नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

नेपाली सेनाको टोलीले पुष्पलाल चोकमा राखिएको प्लाष्टिकको झोला डोरीले तानेर नजिकैको वाटरपार्कको खाली जग्गामा पु¥याएर निष्क्रिय पारेको हो ।

वाटरपार्कमा पहिलो पटक निष्क्रिय पार्नेक्रममा विष्फोट नभएपछि दोश्रो प्रयासमा विष्फोट भएको थियो । घरेलु पाइपबम रहेको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

नेपालगञ्जको व्यस्त पुष्पलाल चोकमा राखिएको उक्त वम हटाउने क्रममा बिहीवार दिनभर नेपालगञ्जको जनजीवन त्रसित हुन पुगेको थियो । बिहीबार बिहान नौ बजेतिर पुष्पलालको शालिकमुनि प्लाष्टिकको झोला भेटिएपछि बमको आशंका गरिएको थियो ।

बम भए नभएको एकिन गरी निष्क्रिय पार्न प्रहरीले खबर गरेपछि राँझास्थित नेपाली सेनाको व्यारेकबाट आएको सेनाको टोलीले बम राखेको झोला डोरीले तानेर नजिकैको वाटरपार्कको खाली जग्गामा पु¥याई निष्क्रिय पारेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ