बाँके, ९ कार्तिक । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय मिलिग्राम सहित दुई जना पक्राउ परेका छन् ।
कोहलपुर नगरपालिका–१० बस्ने २० वर्षीय केशव चौधरी र बर्दिया बाँसगढी नगरपालिका–१ बस्ने १९ वर्षीय प्रबिन खत्रीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंजबाट खटिएको संयुक्त टोलीले भे.४ प ५४२९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया