ब्राउन सुगरसहित न्यौपाने र बुढामगर पक्राउ

समाचार

11/13/2019

बाँके, २७ कार्तिक । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चोकबाट दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २० वर्षीय आईस न्यौपानेलाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।

६ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित मंगलबार साँझ प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै न्यौपानेलाई लागूऔषध ओसारपसारमा सहयोग गर्ने गरेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका–१३ बस्ने २६ वर्षीय जोन भन्ने कुल बहादुर बुढामगरलाई समेत नेपालगंज उपमहानगरपालिका–२ पुष्पलाल चोकबाट प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ