बारा, १५ मंसिर । जिल्लाको बारागढी गाउँपालिका–१ मा समाजवादी पार्टीका सुरेश चौधरी विजयी भएका छन् ।
चौधरीले ७४९ मत ल्यायी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका शंकरप्रसाद चौधरीले ६७२ मत ल्याए ।
यसैगरी, नेपाली कांग्रेसकी तस्विरीया थरूनीले ४७१, राष्ट्रिय जनता पार्टी नेपालका बैधनाथ चौधरीले २४ मत ल्याएका छन् ।
तपाईको प्रतिक्रिया