बर्दियामा बाढीले दुई बेपत्ता

समाचार

7/24/2019

काठमाडौं , ८ साउन । बर्दियामा बबई नदीले बगाएर दुई जना बेपत्ता भएका छन् ।
बुधबार बिहान बाढीले बगाएर ल्याएको काठ लिन गएका तीन जनामध्ये दुई जना बाढीमा बेपत्ता भएका हुन् ।
एक जनाको भने उद्धार गरिएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । उनीहरुको परिचय खुलिसकेको छैन । केन्द्रले बाढी आएका बेला नदीमा नजान अपिल गरेको छ ।
यता बाढीले बाँसगढी खल्ला वस्तीका ४० घर डुवानमा परेका छन् । तर त्यस क्षेत्रमा कुनै मानवीय क्षती भएको छैन । वर्षादको समयमा कुनैपनि बेला नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ